दफा १९२
अङ्गभङ्ग गर्न नहुने

(१) कसैले कसैको अङ्गभङ्ग गर्न वा गराउन हुँदैन ।
(२) कसैले कसैलाई जानीजानी कुटपिट गर्दा देहाय बमोजिमको परिणाम भएमा अङ्गभङ्गको कसूर गरेकोे मानिनेछः–
(क) आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा,
(ख) नाकको सुँघ्ने शक्ति नाश गरिदिएमा,
(ग) कानको सुन्ने शक्ति नाश गरिदिएमा,
(घ) जिब्रोको बोल्ने शक्ति नाश गरिदिएमा,
(ङ) महिलाको स्तन काटिदिएमा,
(च) महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा,
(छ) मेरुदण्ड, डँडाल्नुु, हात खुट्टा वा त्यस्ता अङ्गको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा,
(ज) कुटपिटको कारणबाट आफ्नो पेशाको काम गर्न नसक्ने गरी असक्षम बनाइदिएमा ।
(३) कुटपिटबाट तत्काल अङ्गभङ्ग नभए तापनि सोही कामको परिणाम स्वरुप पछि उपदफा (२) बमोजिमको परिणाम निस्केमा पनिअङ्गभङ्ग भएको मानिनेछ ।
(४) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै किसिमको काम दिने एउटाभन्दा बढी अङ्ग हुनेमा त्यसमध्येएउटा अङ्गमात्र बेकम्मा पारी दिएको भए सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ र अङ्गभङ्ग भएको खत निको भईकामलाग्ने भएमा तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।